पुजा बिश्वकर्मा,प्युठानप्रिय मुटुभरीको माया सुमधुर सम्झना म यहाँ आराम छु त्यहाँ तिमी लगायत तिम्रो घर परिवार प्रति कुसलताको कामना गर्दछु । आज म मेरो मनमा महिनौ सम्म गुम्सिरहेका कुरा भन्न गैरहेको छ।जुन कुराले मेरो मनमा छुट्टै किसिमको तमसको रोमान्चकता जन्मायको छ मुटु छिटो छिटो चलिरहेको अनुभव भैरहेको छ ।श्वासप्रश्वासमा पनि छुट्टै किसिमको अनुभव भैरहेको छ ।यो रोमान्चकता मिठो पनि छ र बिझ्दो पनि छ मिठो यस अर्थमा छ कि यस्ले मलाइ पहिलो पटक आँखामा न्यानो सपना सजाउने अबसर दिएको छ र बिझ्दो यस अर्थमा छ कि मेरो सपना कतै बालुवाको महल जस्तै त हुने हैन , हावाले पनि छरपस्ट पार्ने र पानीको सानो भेल ले पनि बिलाउन सक्ने ।प्रिय जसरी शित सुर्यको किरण पर्दासाथ बिलाउछ, जसरी रुखको पात झर्ना साथ जङ्गल उजाड अनि रंगहीन हुन्छ, जसरी सुर्यको किरण बिना सारा जगत अन्धकार हुन्छ ,त्यसरी नै तिमी बिना मेरो मन पनि उजाड अनि रंगहीन हुन्छ प्राय म दुनियाँ को सामु राम्रो हुनत नसकुला तर तिम्रो इज्जत जाने काम भने कहिले गर्ने छैन । मेरो सामु अमुल्य चिज लियर दिय पनि तिमी बिना सबै शुन्य हुन्छ । कसम तिम्रो लागि मेरो मनमा पलाएको माया अरुलाइ दिने छैन अनि मेरो मायामा कुनै झुट र स्वार्थ लुकेको छैन। मेरो माया तिम्ले पक्कै पनि बुझ्छौ।यदि हाम्रो माया कुनै बिश्वको ठुलो साहित्यकारको कलमको टुप्पोमा परेको भए रोमियो जुलियतको भन्दा कम जोडीमा कम हुदैनथ्यो होला ,माया त तिमिलाइ म ३ सय ६५ दिन नै गर्दछु तर आज विशेष दिन परेको हुदा यी सबै मनमा रहेर बसेको भाब ब्यक्त गर्छु ।म तिमी बाट केही चाहादिन मात्र यति चाहान्छु की तिमी भित्र रहेको माया र म प्रतिको बिश्वास भने सधैं रहिरहोस ।जस्तै सीता बिना राम, राधा बिना कृष्ण ,लैला बिना मज्नुको कुनै अस्तित्व छैन त्यसरी नै तिमी बिना मेरो पनि कुनै अस्तित्व छैन। तिमिलाइ मेरा यी नयनले सदैव खोजिरहन्छ । मेरो मुटुले तिमिलाइ मात्र चाहान्छ ,हरेक पल, हरेक क्षण मेरो मन मस्तिष्कमा तिमी नै छौ । रातको अन्तिम सोचाइ अनि बिहानिको पहिलो सम्झना तिमी नै हौ । म तिमी बाहेक अरु खोज्न त के सोच्न पनि सक्दैन ।भन्न त भन्छ्न नि एउटा नभए अर्को आउँछ तर तिमी त्यस्तो मान्छे भैसकेउ म तिमिलाइ चाहेर पनि भुल्न सक्दैन ।