मंसिर १२ गते २०८०
06:58: PM
मंसिर १२ गते २०८०
06:58: PM

माछापोखरीमा आन्दोलनकारीले जलाए अस्थायी प्रहरी बिट 

फागुन १ गते २०७९
8:19 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वगद्वारी अपडेट प्यूठान ।
आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।
दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page