केशर सुनार प्यूठान ।मेटलाईफ इन्सुरेन्स कम्पनिको ३ दिने तालिम प्युठानमा आजमंगलबार सम्पन्नगरिएको छ ।प्युठानको प्युठान नगरपालिका जुम्री स्थित आयुष्मा होटेलको सभाहलमा सम्पन्न भएको छ । सनिवार कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा सेमिनार गरी आइतबार देखी सन्चालन गरीएको ३ दिने बीमा अभिकरण तालिम गरीएको हो। तालिममा बीमा केहो , कमाएको पैसा दिर्घकालिन रुपमा कसरी बचत गर्न सकिन्छ , र आफु र आफ्नो सन्तानको सुनौलो भविस्य कसरी सुनिनिष्चि गर्ने सकिन्छ , बीमा किन आवश्यक र मेटलाईफ इन्स्योरेन्स कम्पनी के कस्तो प्रोडक्ट लिएर अगाडी बढिरहेको छ जस्ता बिभिन्न बीमाका प्राबधानहरुबारे तालिम दिइएको थियो ।३ दिन सम्म रहेको तालिमको तालिम कर्ता को रुपमा दिपक भट्ट र जानका अर्याल रहेका थिए । २२ जना भन्दा बढिको उपस्थितिमा सन्चालन भएको उक्त तालिमको तेस्रो दिन अभिकरण कर्ता हरुको परिक्षा लिई सम्पूर्णलाई जीबन बिमा अभिकर्ताको आधारभुत तालिम कार्यक्रमको प्रमाणपत्र प्रदान गरीएको मेटलाईफ लुम्बिनी प्रदेश म्यानेजर हेमन्ता रोकाय ले बताउनुभएको छ ।मेटलाईफ सन्सारको नेतृत्व गर्ने कम्पनी मध्यको एक अमेरिकि जीवन बिमा कम्पनी हो । शुरुमा अमेरिकाको मेट्रोपोलिटिन लीवन बीमाको नामले परिचित पछी स्वरुप फेरीएर मेटलाईफ भएको हो ।१८६८ मा स्थापना भएको उक्त कम्पनी नेपालमा २००१ दिसेम्वर ५ मा नेपालमा प्रवेश गरी २०२२ मा २० वर्ष पार गरी सक्दा १४ लाख बिमित बनाउन सफल भएको छ । नेपालामा मेटलाईफको मुख्य कार्यालय नारायणी कम्प्लेक्स पुलचोक ललितपुरमा रहेको छ । बीमाले मृत्यु ,बृदावस्था , दुर्घटना , बिरामी लगायत मानव जीबनका धेरै कुराहरु सङ्ग भूमिका बाधेको हुन्छ ।